Techie IT
२०८३ असार १६, मंगलबार

पहिरो खस्दा दार्चुला–गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध


दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मुख्य सडक नै अवरुद्ध भएपछि दार्चुलाबाट बाहिरिने र भित्रिने छोटो तथा लामो दूरीका दर्जनौँ सवारीसाधन र सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर, सो क्षेत्रमा अहिले पनि वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ हुनुका साथै जोखिम समेत बढेको छ।

प्रहरीले वर्षा र पहिरोको जोखिम कायमै रहेकाले लोकमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा सतर्कता कायम राख्न सर्वसाधारण तथा सवारी चालकहरूलाई अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट