Techie IT
२०८३ भाद्र १२, शुक्रबार

जुम्लाको पाटनमा चट्याङ पर्दा भेडा गोठालाको मृत्यु


जुम्लामा बुधबार साँझ परेको चट्याङ लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक (सई) चिरञ्जीवी दाहालका अनुसार स्थानीय छोटा खर्क पाटनस्थित एनसेल टावर नजिकै भेडा चराउन गएका बेला रावतलाई चट्याङ लागेको हो।

चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङका कारण पाटनमा केही भेडाबाख्रा समेत मरेका छन्। मरेका चौपायाको यकिन सङ्ख्या खुल्न नसकेकाले प्रहरीले विवरण सङ्कलन गरिरहेको छ। 

यसैगरी, जुम्लाकै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि बुधबार नै चट्याङ परेको छ। चट्याङका कारण स्थानीयका १२ वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट