पूर्वी जापानमा भारी वर्षा: ६० वर्षकै रेकर्ड ब्रेक, ९ को मृत्यु
पूर्वी जापानमा बिहीबार रातीदेखि सुरु भएको अभूतपूर्व मुसलधारे वर्षाका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ भने जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार भारी वर्षाले एक हजारभन्दा बढी घर डुबानमा पार्नुका साथै सडक र रेल सेवा ठप्प बनाएको छ। चिबा प्रिफेक्चरको एक मौसम मापन केन्द्रमा २४ घण्टाको अवधिमा ३० सेन्टिमिटर (करिब १२ इन्च) वर्षा रेकर्ड गरिएको छ, जुन विगत ६० वर्षयताकै अगस्ट महिनामा भएको सर्वाधिक वर्षा हो।
बाढीमा परी सवारीसाधनभित्र र जलमग्न सडकमा केहीको शव फेला परेको छ भने ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ। यसअघि नै मौसमविद्हरूले उच्च तहको चेतावनी जारी गरेका थिए भने वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमी घटनाहरू बारम्बार र विनाशकारी बन्दै गएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस