Techie IT
२०८३ भाद्र १०, बुधबार

रसुवा बाढी

रसुवाको बाढी त्रिशूली गल्छी हुँदै मुग्लिन पुग्दै, नागढुंगा–चितवन सडक बन्द


रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान १०:५१ बजे पछिल्लो अपडेट जारी गर्दै बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाएको छ।

बाढीको सतह निरन्तर बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी किनारका सम्पूर्ण बस्ती र बजार क्षेत्र तत्काल खाली गराउन विशेष आग्रह गरेको छ। महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानतर्फ जान जोडदार अपिल गरेको छ।

सडक यातायात पूर्ण रूपमा बन्द
रसुवा हुँदै आएको यस विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक आवागमन पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिएका छन्। बाढीले धादिङ जिल्लाअन्तर्गतका राजमार्ग क्षेत्रहरू प्रभावित पार्न थालेको र जोखिम थप बढ्ने देखिएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको छ। बाढीका कारण यसअघि नै उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई नागढुंगा र भीमढुंगा नाकामा नै रोक लगाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट