त्रिशूलीको पुल बगाएपछि देवीघाटमा तुइनमार्फत आवागमन सुचारु
रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगाएपछि अवरुद्ध बनेको जनजीवनलाई सहज बनाउन तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको विशेष सक्रियतामा नुवाकोटस्थित देवीघाटमा वैकल्पिक व्यवस्थास्वरूप तुइन निर्माण गरिएको हो।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि स्थानीय बासिन्दाहरूले लामो समयदेखि आवतजावतमा सास्ती बेहोर्दै आएका थिए। हाल तुइन सञ्चालनमा आएपछि यस क्षेत्रका सर्वसाधारणलाई दैनिक आवतजावतका साथै अत्यावश्यक उपभोग्य सामग्री ओसारपसार गर्न प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।
तुइन सञ्चालनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता साना देखिने तर अत्यंत महत्वपूर्ण पूर्वाधारहरूको निर्माणमा प्रदेश सरकार सधैं क्रियाशील रहेको बताएका छन्। उनले आम नागरिकको आवश्यकता र संकटको समयमा प्रदेश सरकार सधैं जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस