Techie IT
२०८३ भाद्र २५, बिहीबार

घरको आँगनमै चट्याङ पर्दा एक महिला घाइते


सुर्खेतको वीरेन्द्रनगरमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्। वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी घरको आँगनमै परेको चट्याङबाट घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार बिहीबार वीरेन्द्रनगरमा भएको भारी वर्षाका क्रममा उनको घरको आँगनमै चट्याङ खसेको थियो।

चट्याङबाट घाइते भएकी बुढाथोकीलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट