Techie IT
२०८३ भाद्र २४, बुधबार

एमालेद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न माग


नेकपा (एमाले) ले गत वर्षको भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रियता र अर्थतन्त्रमाथिको गम्भीर आक्रमण भन्दै कडा आपत्ति जनाएको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा बुधबार जारी प्रेस वक्तव्यमार्फत एमालेले ती घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन जोडदार माग गरेको छ।

शान्तिपूर्ण प्रदर्शनको आवरणमा आपराधिक समूहले घुसपैठ गरी आन्दोलनलाई हिंसात्मक र अराजक बनाएको एमालेको ठहर छ। प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट युवाहरूको ज्यान गएको घटना अत्यन्तै दुःखद भए पनि, त्यसको भोलिपल्ट मुलुकभर मच्चाइएको आगजनी, तोडफोड र आक्रमणलाई केवल तत्कालीन आक्रोशका रूपमा मात्र लिन नहुने पार्टीको स्पष्टोक्ति छ।

राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न राजनीतिक दलका कार्यालयहरू तथा सार्वजनिक र निजी सम्पत्तिहरूमाथि भएको श्रृङ्खलाबद्ध आक्रमणलाई एमालेले नेपालको इतिहासकै ‘कालो अध्याय’ को संज्ञा दिएको छ।

अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा ती विध्वंसकारी घटनाहरू सामान्य असन्तुष्टि नभई राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील मार्गलाई उल्ट्याएर मुलुकलाई ‘सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्व’ को दलदलमा धकेल्ने सुनियोजित योजनाको परिणाम भएको दाबी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट