जलेको घरको भग्नावशेषबाट अध्यक्ष ओलीले आज सम्बोधन गर्दै
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते जलेर ध्वस्त भएको आफ्नै घरको भग्नावशेषबाट देशलाई सम्बोधन गर्ने भएका छन्।
भक्तपुरको बालकोटस्थित जलेको निवास परिसरबाट अध्यक्ष ओलीले आज दिउँसो ठीक २ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको एमाले युवा संघ नेपालका नेता निरोज पौडेलले जानकारी दिएका छन्।
गत वर्ष आन्दोलनको क्रममा मुलुकभर विध्वंस र अराजकता तीव्र रूपमा फैलँदै गएपछि अध्यक्ष ओलीले सोही दिन अर्थात् भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामालगत्तै सुरक्षा स्थितिलाई मध्यनजर गर्दै उनलाई सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। एक वर्षपछि उनैले त्यही भग्नावशेषबाट दिन लागेको यो सम्बोधनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस