Techie IT
२०८३ असोज १२, सोमबार

नारायणी नदीमा बगेर पुलमा अड्कियो क्रुज, निकाल्ने प्रयास जारी


पूर्वी नवलपरासीको गैँडाकोट–२, बोटे टोलस्थित ‘होटल रिभर क्राउन’को क्रुज (पानी जहाज) बाढीले बगाएर नारायणी पुलमा अड्किएको छ। उक्त क्रुजलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास हाल जारी रहेको छ।

हिजो साँझ बगेको उक्त क्रुज नारायणी पुलको नवलपरासीतर्फको पहिलो पिल्लर र जमिन जोडिने भागमा फसेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक विभागको संयुक्त टोलीले क्रुज निकाल्नका लागि आवश्यक तयारी तथा उद्धार प्रयास गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट