Techie IT
२०८३ असोज १२, सोमबार

धापाखेलमा पहिराले ढल्यो साढे दुई तले घर


लगातारको वर्षाका कारण जमिन भासिएर ललितपुर महानगरपालिका–२४, धापाखेलमा साढे दुई तले घर ढलेको छ। घरभन्दा तल्लो भागमा पहिरो गएपछि सोवितकुमार थापाको घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन्।

असोज ९ गतेदेखिको अविरल वर्षाले जमिन गलेपछि सोमबार बिहान उक्त घर ढलेको हो। यद्यपि, जोखिमको पूर्वआकलन गरी घरका परिवारलाई आइतबार नै सुरक्षित स्थानमा सारिएको हुनाले ठूलो मानवीय क्षति हुन नभएको एसपी मिश्रले बताए। आइतबार साँझदेखि वर्षा रोकिए पनि पहिराको जोखिम भने अझै कायम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट