Techie IT
२०८३ असार २५, बिहीबार

धादिङमा सुख्खा पहिरोले कार पुरिँदा चार घाइते


धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा सुख्खा पहिरोका कारण एक कार पुरिँदा चार जना घाइते भएका छन्। उक्त घटना पृथ्वी राजमार्ग अन्तर्गत भएको हो। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार ग २ च ७८८५ नम्बरको कार गजुरीबाट काठमाडौं आउँदै गर्दा पहिरोमा पुरिएको थियो।

प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताएअनुसार, कारमा सवार चार जना यात्रु घाइते भएका छन्। घाइतेहरुको तत्काल उद्धार गरी नजिकैको बैरेनि अस्पतालमा उपचार भइरहेको छ।

सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। घटनास्थलमा जेसीबी पठाएर पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, पहिरोका कारण यातायात ठप्प हुँदा यात्रुहरु विचलित भएका छन्। यस क्षेत्रमा पहिरोको जोखिम बढिरहेको हुनाले यात्रा गर्दा सचेत रहन प्रहरी प्रशासनले सुझाव दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट