बैतडीको डुवापानीमा जिप दुर्घटना, ६ घाइते, एकजना धनगढी रिफर
बैतडीको दशरथचन्द नगरपालिकाको डुवापानीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिहीबार राति छेलाबाट दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीतर्फ जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार, जिपमा ८ जना यात्रु सवार थिए। घाइतेमध्ये दशरथचन्द नगरपालिका–३ वरकुरालीका दिलिप नाथलाई गम्भीर चोटपटक लागेकाले उनलाई धनगढी लगिएको हो।
जिप सडकबाट ५/१० मिटर तल खसेर सल्लाको रुखमा अड्किएकाले दुर्घटना थप गम्भीर हुनबाट जोगिएको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस