Techie IT
२०८३ भाद्र १६, मंगलबार

नागढुंगा-नौबीसे सुरुङ मार्गमा लेदो पहिरो, राजधानी प्रवेश मार्ग ठप्प


नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा शुक्रबार दिउँसो संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पूरै ठप्प भएको छ। नौबीसेतर्फको सुरूङ मार्गको प्रवेशद्वारनजिकै खसेको पहिरोका कारण राजमार्ग बन्द भएको हो, जसले गर्दा राजधानी प्रवेश गर्ने र बाहिरिने सयौँ सवारीसाधन जाममा परेका छन्।

राजमार्ग करिब एक घण्टादेखि अवरुद्ध छ भने पहिरो पन्छाउन डोजर अझै नपुगेको स्थानीयहरूले बताएका छन्। प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायका अनुसार पहिरोले सडक धेरै माथिसम्म ढाकेको हुँदा पन्छाउन समय लाग्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट