Techie IT
२०८३ असार २५, बिहीबार

सुनकोशी बाढीमा फसेका ३३ जनाको सकुशल उद्धार, नेपाली सेनाको हेलिकप्टरले उद्धार कार्य सम्पन्न


सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा बाढीका कारण थुनिएका ३३ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये २६ जना गुरुकुलका विद्यार्थी (बटुक), ३ शिक्षक, २ कर्मचारी, र मन्दिरका २ पुजारी रहेका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, यी सबैजना शुक्रबार रातिदेखि सुनकोशी नदी र रोशी खोलाको बाढीका कारण मन्दिरको बीच भागमा फसेका थिए। बाढी मन्दिर परिसरको चारैतिर फैलिएको हुँदा उनीहरू सुरक्षित स्थानमा जान नसकिरहेका थिए।

स्थानीय प्रहरी र सशस्त्र प्रहरी बलले शुक्रबारदेखि नै उद्धार प्रयास थाले पनि सफल हुन नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिए।

सुनकोशी र रोशी नदीको बाढीले आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार बाढीको कारण डुबानमा परेका छन् भने दुम्जामा पाँच घर बाढीले बगाएको छ। दुम्जा र नेपालथोकबीचको बिपी राजमार्गको केही भाग पनि बाढीले बगाएकोले यातायात सेवा बन्द भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट