Techie IT
२०८२ भाद्र २६, बिहीबार

बाढीपहिरोले आजसम्म २३३ जनाको मृत्यु, २२ जना बेपत्ता


असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ। बाढी र पहिरोले देशभरि ठूलो क्षति पुर्‍याएको छ भने अहिलेसम्म २२ जना बेपत्ता भएका छन् र १६९ जना घाइते भएका छन्। विपद् प्रभावित क्षेत्रबाट हालसम्म १७,१२० जनाको सफल उद्धार गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएअनुसार उद्धारकार्यलाई तीव्र बनाइएको छ र सरकारको प्राथमिकता उद्धार र राहत वितरणमा केन्द्रित छ। पहिरो र बाढीले अवरुद्ध भएका सडक तथा राजमार्ग मर्मत गर्न, यातायात सञ्चालनमा ल्याउन, र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सुरक्षाकर्मीहरू दिनरात खटिएका छन्। उद्धार र सडक पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट