Techie IT
२०८२ चैत्र ४, बुधबार

रौतहटको लालबकैया नदीमा अज्ञात व्यक्तिको शव फेला


रौतहटको कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक अन्दाजी ४५ वर्षका पुरुषको शव फेला परेको छ। शवको पहिचान हालसम्म खुल्न नसकेको र शव बालुवामा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा बेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।

शवको प्रकृति हेर्दा केही दिनअघि नदीमा आएको बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट