Techie IT
२०८२ चैत्र ४, बुधबार

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


सुनवल, नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा भएको यस दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका ३२ वर्षीय ऋषि लम्तरीको निधन भएको हो।

घटना विवरणअनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आइरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनाको चपेटामा परेका लम्तरीलाई तत्कालै उपचारका लागि भलुही मेडिकल कलेज पुर्‍याइएको भए पनि उनलाई बचाउन सकिएन। दुर्घटनामा परी मोटरसाइकलका अर्का चालक विवेक गुरुङ घाइते भएका छन्।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट