Techie IT
२०८३ श्रावण ७, बिहीबार

आज कति पुग्यो डलर, युरो र रियालको मूल्य ? (सूचीसहित)


नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २१ पैसा र बिक्री दर १५४ रुपैयाँ ८१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८८ पैसा र बिक्री दर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ १९ पैसा र बिक्री दर २०७ रुपैयाँ तथा स्विस फ्र्याङ्क एकको खरिद दर १८९ रुपैयाँ ७९ पैसा र बिक्री दर १९० रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ८६ पैसा र बिक्री दर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३९ पैसा र बिक्री दर १०९ रुपैयाँ ८१ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ४३ पैसा र बिक्री दर ११९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। 

त्यसैगरी चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७७ पैसा र बिक्री दर २२ रुपैयाँ ८६ पैसा तथा जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४६ पैसा र बिक्री दर नौ रुपैयाँ ५० पैसा रहेको छ।

खाडी तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४१ रुपैयाँ ०९ पैसा र बिक्री दर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ ३० पैसा र बिक्री दर ४२ रुपैयाँ ४७ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ९९ पैसा र बिक्री दर ४२ रुपैयाँ १५ पैसा तोकिएको छ। 

मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ७३ पैसा र बिक्री दर ३७ रुपैयाँ ८८ पैसा कायम हुँदा कुवेती दिनार एकको खरिद दर ५०१ रुपैयाँ ०१ पैसा र बिक्री दर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिद दर ४०८ रुपैयाँ ९९ पैसा र बिक्री दर ४१० रुपैयाँ ५८ पैसा तथा ओमनी रियाल एकको खरिद दर ४०० रुपैयाँ ५५ पैसा र बिक्री दर ४०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

यसैगरी थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५६ पैसा र बिक्री दर चार रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५ रुपैयाँ ९४ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५३ पैसा र बिक्री दर २३ रुपैयाँ ६२ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६७ पैसा र बिक्री दर १९ रुपैयाँ ७५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र यो दरलाई केन्द्रीय बैङ्कले आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट