Techie IT
२०८३ श्रावण १४, बिहीबार

आज डलरको भाउ कति पुग्यो ?


नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

आज सार्वजनिक गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ७४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। त्यसैगरी, युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ र बिक्री दर १७४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ०८ पैसा र बिक्री दर २०३ रुपैयाँ ८७ पैसा रहेको छ। 

स्विस फ्र्याङ्क एकको खरिद दर १८६ रुपैयाँ ३३ पैसा र बिक्री दर १८७ रुपैयाँ ०६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ०३ पैसा र बिक्री दर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ २९ पैसा र बिक्री दर १०८ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ २१ पैसा र बिक्री दर ११८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

अन्य मुद्राहरूमा जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ५८ पैसा र बिक्री दर २२ रुपैयाँ ६६ पैसा रहेको छ। 

खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ६९ पैसा र बिक्री दर ४० रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९० पैसा र बिक्री दर ४२ रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ५९ पैसा र बिक्री दर ४१ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिद दर ४९६ रुपैयाँ १५ पैसा र बिक्री दर ४९८ रुपैयाँ १० पैसा तथा बहराइन दिनार एकको खरिद दर ४०५ रुपैयाँ ०७ पैसा र बिक्री दर ४०६ रुपैयाँ ६६ पैसा कायम छ। 

यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। केन्द्रीय बैङ्कले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैङ्कहरूले तोक्ने दर केही फरक पर्न सक्ने जनाएको छ। अद्यावधिक दरका लागि राष्ट्र बैङ्कको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट