Techie IT
२०८३ श्रावण २०, बुधबार

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब निक्षेप सङ्कलनको आह्वान


नेपाल राष्ट्र बैंकले बजारको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोल हुनेछ। निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी हुनेछ। यस बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकका अनुसार निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। साथै, एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदनसमेत पेस गर्न सक्नेछन्।

बजारमा देखिएको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीतिको कार्यन्वयनलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट