आज गोलभेँडादेखि च्याउसम्मको मूल्य कति छ हेर्नुहोस् विस्तृमा ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा (नेपाली ठूलो) को मूल्य प्रतिकिलो ९० रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ कायम भएको छ।
आज बजारमा गोलभेँडा (सानो लोकल) ५० रुपैयाँ, आलु (रातो मुढे) ५३ रुपैयाँ, आलु (सेतो) ३८ रुपैयाँ र सुकेको भारतीय प्याज ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। त्यसैगरी, स्थानीय काउलीको मूल्य ११० रुपैयाँ र लोकल गाजर १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारी र सागपातको मूल्यमा भने केही विविधता देखिएको छ। आज पालुङ्गो सागको मूल्य २५० रुपैयाँ प्रतिकिलो पुगेको छ भने च्याउ (डल्ले) ५०० रुपैयाँ र सिताके च्याउको मूल्य प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ। अन्य तरकारीमा घिउ सिमी १०० रुपैयाँ, तीते करेला ५० रुपैयाँ र बोडी (तने) १०० रुपैयाँ प्रतिकिलो रहेको छ।
फलफूलतर्फ स्याउ (फुजी) को मूल्य ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ र नेपाली केरा प्रति दर्जन ३०० रुपैयाँ कायम छ। त्यसैगरी, मसला तथा अन्य उपभोग्य वस्तुमा सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ र ताजा माछा (रहु) ३७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस