नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर २ हजार ६१३ दशमलव ३३ विन्दुमा झरेको छ। यो अङ्क गत कारोबार दिनको तुलनामा शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ३४ अङ्कले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ। यसैगरी, फ्लोट सूचक १ दशमलव ११ अङ्कले घटेर १८० दशमलव शून्य ७ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अङ्कले घटेर १५७ दशमलव ८८ मा सीमित भएको छ।
आज विभिन्न कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा खरिदबिक्री भएका छन्। आज कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेकका सबै उपसमूहको सूचक ओरालो लागेको छ। व्यापार उपसमूह शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका लगानीकर्ताले गुमाएका छन्।
बजारमा आज ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यता, हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस