काठमाडौँका सामुदायिक विद्यालयमा १,०६० स्मार्टबोर्ड जडान हुँदै
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि सबै स्मार्टबोर्ड जडान गर्ने काम जारी छ। उनले हालसम्म ४९० बोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्डका लागि बजेट निकासा भइसकेकाले तिहारअघि सबै जडान भइसकेको हुने बताएका छन्।
स्मार्टबोर्ड जडानपछि काठमाडौँका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५३ हजार विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ । मेयर शाहले महानगरको पहिलो प्राथमिकता विद्यार्थी भएको उल्लेख गर्दै भने, “विद्यार्थीमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने आधार तयार हुन्छ । यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस