एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार, परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसैगरी ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।
पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गर्ने वा अनुपस्थित हुने विद्यार्थीलाई यसपटक पूरक परीक्षामा सहभागी हुने अवसर दिइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस