Techie IT
२०८२ कार्तिक ११, मंगलबार

कृषि तथा पशु विज्ञान संस्थानको शुल्कवृद्धिविरुद्ध अखिल (क्रान्तिकारी)ले बुझायो ज्ञापन पत्र


त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले एकाएक भर्ना शुल्क वृद्धि गरेपछि विद्यार्थीहरूले निरन्तर विरोध जनाइरहेका छन्।

यही क्रममा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आज विश्वविध्यालय प्रशासनलाई शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाको नेतृत्वमा ज्ञापनपत्र बुझाएको छ। अखिल (क्रान्तिकारी)ले शिक्षा विद्यार्थीको अधिकार हो, व्यापार होइन भन्ने सिद्धान्तलाई बिर्सँदै गरिएको शुल्कवृद्धि “अन्यायपूर्ण र गैरजिम्मेवार” भएको आरोप लगाएको छ। 

अखिल (क्रान्तिकारी)ले गुणस्तरीय शिक्षाका लागि आवश्यक योजना, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग र प्राविधिक स्रोतको सुधारमा पर्याप्त प्रगति नभइसकेको अवस्थामा शुल्क बढाउनु विद्यार्थीमाथि अन्याय भएको जनाएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विश्वविद्यालय जिम्मेवार नबन्दा शुल्क वृद्धि र रामपुर कृषि क्याम्पसमा रोकिएको नयाँ भर्ना प्रक्रियाले आम नेपाली विद्यार्थीहरू कृषि तथा पशु विज्ञान शिक्षा लिनबाट वञ्चित हुने खतरा बढेको छ।”

संगठनले तत्काल मनोमानी ढंगले गरिएको शुल्कवृद्धि खारेज गर्न र रामपुर क्याम्पसमा भर्ना प्रक्रिया सुचारु गर्न माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएको छ।

अखिल (क्रान्तिकारी)ले चेतावनी दिंदै माग सम्बोधन नभए शुल्क शोषण र गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित विद्यार्थीहरूको पक्षमा चरणबद्ध आन्दोलन सुरु हुने जनाएको छ ।

ज्ञापनपत्र -



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट