Techie IT
२०८३ असार २८, आइतबार

कांग्रेस नेता आफताब आलम गम्भीर बिरामी, भेन्टिलेटरमा उपचार हुँदै


गत जेठमा कारागारमुक्त भएका नेपाली कांग्रेसका नेता आफताब आलम गम्भीर बिरामी परेका छन्।

हाल उनलाई काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखी उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। मुटुको समस्या देखिएपछि उनलाई हिजो अस्पताल भर्ना गरिएको बताइएको छ।

जेठमा जेलमुक्त भएपछि आलमलाई ब्रेन स्ट्रोक भएको थियो र त्यसबेला उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत थिए। ईट्टाभट्टामा जिउँदो मानिस हालेर हत्या गरेको आरोपमा उच्च अदालत वीरगञ्जले गत जेठमा आलमलाई सफाइ दिएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट