Techie IT
२०८३ वैशाख ३, बिहीबार

भण्डारीद्वारा बाह्रदेउ क्याम्पसलाई १ लाख ८ हजार सहयोग


बझाङको केदारस्यूँ गाउँपालिका–१ निवासी समाजसेवी तथा राजनीतिक व्यक्तित्व भक्त भण्डारीले बाह्रदेउ क्याम्पसको होली कमिटीलाई रु १ लाख ८ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

क्याम्पसको समग्र शैक्षिक उन्नति, भौतिक पूर्वाधार सुदृढीकरण तथा दिगो विकासका उद्देश्यलाई सहयोग पुर्‍याउने हेतुले उक्त रकम उपलब्ध गराइएको हो।

क्याम्पस प्रशासनका अनुसार प्राप्त सहयोग रकम शैक्षिक सामग्री व्यवस्थापन, भौतिक संरचना मर्मत–सम्भार, विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन तथा शैक्षिक वातावरण सुधारका विभिन्न योजनामा खर्च गरिनेछ। विशेषगरी होली पर्वको अवसरमा गठन गरिएको होली कमिटीमार्फत संकलित रकम क्याम्पसको दीर्घकालीन हितमा उपयोग गरिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट