Techie IT
२०८२ चैत्र २६, बिहीबार

एसईईमा ‘हाईटेक’ चिट चोरी: मोबाइलबाट प्रश्न आउट, म्यासेन्जरमै उत्तर


सिराह जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शिक्षक तथा अभिभावकको संलग्नतामा चिट चोराउने नयाँ ‘हाईटेक’ तरिका प्रयोग भएको पाइएको छ।

परीक्षा हलभित्र रहेका केही विद्यार्थी तथा ड्युटीमा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर बाहिर रहेका शिक्षक तथा अभिभावकलाई पठाउने गरेको खुलेको हो। यसरी बाहिर पुगेको प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरमार्फत परीक्षार्थीसम्म पठाउने गरिएको पाइएको छ।

एसईईको पहिलो दिनदेखि नै सिरहाका विभिन्न परीक्षा केन्द्रमा यस्तो गतिविधि भइरहेको एक शिक्षकले बताएका छन्। उनका अनुसार भाइबर र म्यासेन्जरमार्फत प्रश्न ‘आउट’ गर्ने र सोही माध्यमबाट उत्तर पठाउने प्रवृत्ति बढ्दै गएको छ।

जिल्लाका गोलबजार, मिर्चैया, लहान, जमदह, चोहर्वा तथा सिराहा सदरमुकाम फुलबरिया लगायतका परीक्षा केन्द्रहरूमा मोबाइल एप प्रयोग गरेर चिट चोराउने कार्य भइरहेको बताइएको छ।

यस वर्ष सिरहामा ५१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। कुल ११ हजार ३७ विद्यार्थी एसईईमा सहभागी भएका छन्, जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ५७९ छात्र रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट