Techie IT
२०८३ भाद्र १०, बुधबार

आवासीय डाक्टरलाई पाठ्यक्रम बाहिरको काम नलगाउन आयोगको चेतावनी


चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरू (रेसिडेन्ट डाक्टर) लाई नियम विपरीत अत्यधिक कार्यबोझ नलगाउन सम्बन्धित सबै विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई कडा निर्देशन दिएको छ।

विभिन्न मेडिकल कलेज र शिक्षण अस्पतालहरूमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएकै बेला आयोगले यस्तो कदम चालेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई हप्तामा ४८ घण्टाभन्दा बढी काम नलगाउन निर्देशन दिए पनि कलेजहरूले निरन्तर ७२ घण्टासम्म काम गराइरहेको आन्दोलित चिकित्सकहरूको गुनासो छ।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीद्वारा जारी विज्ञप्तिमा आवासीय चिकित्सकहरूलाई दिन-रात काम गर्न बाध्य पारिएका कारण उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको उल्लेख छ।

आयोगले अबदेखि आवासीय चिकित्सकहरूलाई सम्बन्धित विषयको स्वीकृत पाठ्यक्रमको परिधिभित्र मात्रै रहेर सेवामा खटाउन सचेत गराएको छ। साथै, पाठ्यक्रमले तोकेको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सोको जानकारी यथाशीघ्र आयोगलाई गराउन समेत निर्देशन दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट