Techie IT
२०८२ चैत्र १८, बुधबार

मनाङमा ४६ विद्यार्थीले एसईई दिने, एक मात्र परीक्षा केन्द्र


मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।

जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए । परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने उनले बताए ।

नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुलातर्फ दुई जनाले एसइई दिने छन् । उनले प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिने बताए ।

यस वर्ष पनि एसइई दिने विद्यार्थी नभएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति अवलम्बन गर्दै भानु मावि तालका प्रधानाध्यापक श्यामकृष्ण पन्तलाई केन्द्राध्यक्ष तोकिँदै छ । उहाँले सबै परीक्षार्थी परीक्षा केन्द्रमा पुगेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट