फेवा तालमा हाम फालेकी महिलाको उद्धार

पोखरा । पोखरास्थित फेवा तालमा मंगलबार बिहान हाम फालेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
मकवानपुर घर भई हाल पोखरा–६ लेकसाइडमा बसोबास गर्दै आएकी करिब ४५ वर्षीया हीरा नेगीलाई बिहान करिब ५ बजेतिर पोखरा महानगरपालिका–६ गौरीघाट नजिक तालमा हाम फालेको अवस्थामा उद्धार गरिएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नेगी तालमा हाम फाल्दा त्यहाँको काठको मुढामा अड्किएकी थिइन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीका प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त फौजले उद्धार गरेको हो।
उद्धारपछि नेगीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाटमा उपचारका लागि लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस