Techie IT
२०८२ कार्तिक ४, मंगलबार

७४ जिल्लामा डेंगु फैलियो, गण्डकी प्रदेश सबैभन्दा प्रभावित


पछिल्ला दिनमा देशभर डेंगुको सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ । सात दिनको अवधिमा मात्र २३१ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । 

हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ भने ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ। देशभर डेंगु सङ्क्रमितको संख्या ३ हजार ७४० पुगेको छ।

ईडीसीडीका तथ्यांकअनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ। गण्डकीमा १,०२८, बागमतीमा ७८३, लुम्बिनीमा ६४९ र कोशीमा ६२७ जना सङ्क्रमित भेटिएका छन्। पछिल्लो सात दिनमा मात्रै बागमतीमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ नयाँ सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट जोगिन लामखुट्टेको टोकाइ रोक्ने, पानी जम्ने स्थान (जस्तै गमला, टायर, खाली भाँडाकुँडा) सफा राख्ने र लामखुट्टेको लार्भा नष्ट गर्ने आग्रह गरेको छ।

त्यसैगरी, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट