नेपाली महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

नेपालकी महिला स्वास्थ्य स्वयंसेविकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले मङ्गलबार श्रीलङ्कामा आयोजित कार्यक्रममा नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीमार्फत उक्त अवार्ड प्रदान गरेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार, अवार्डको वितरण कोलाम्बोमा भइरहेको डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा गरिएको हो।
डा. केसीका अनुसार, यस सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच विस्तार र जनस्वास्थ्य सुधारमा पुर्याएको योगदानको उच्च कदर गरेको जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस