विश्वभर विश्व मधुमेह दिवस मनाइँदै
विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे जनचेतना प्रवर्द्धन गर्नु यस दिवसको मुख्य उद्देश्य हो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि विश्व मधुमेह दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। सदस्य राष्ट्रहरूलाई आफ्ना स्वास्थ्य प्रणालीअनुसार मधुमेह रोकथाम तथा उपचारका नीति निर्माण गर्न राष्ट्रसङ्घले निरन्तर प्रोत्साहित गर्दै आएको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO)का अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए। सन् १९८० मा करिब १० करोड मानिस प्रभावित रहेको तथ्यांकसँग तुलना गर्दा मधुमेहका केसहरू dramatical increment देखिएको छ। मोटोपना, अस्वस्थ जीवनशैली, प्रशस्त क्यालोरी सेवन र शारीरिक गतिविधि कमी यस रोग बढ्नुका मुख्य कारण मानिन्छन्।
विशेषज्ञहरूका अनुसार स्वस्थ आहार, नियमित व्यायाम, तथा धूमपान र मद्यपानबाट टाढा रहने बानीले मधुमेहको जोखिम उल्लेख्य रूपमा कम गर्न सकिन्छ।
विश्व स्वास्थ्य सङ्गठनले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतनामूलक कार्यक्रम तथा स्वस्थ जीवनशैलीलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस