चितवनमा स्क्रब टाइफसको बढ्दो जोखिम: हालसम्म ३८६ जना सङ्क्रमित
चितवन । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आएका बिरामीहरूमध्ये हालसम्म ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। मनसुनपछिको मौसममा किर्नाबाट सर्ने यो रोगको जोखिम बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार, यही मङ्गलबारसम्म जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका ५ हजार ४५३ जना बिरामीको नमुना परीक्षण गरिएको थियो।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।
स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिन्छन् ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस