Techie IT
२०८२ माघ ४, आइतबार

बिपी नेत्र प्रतिष्ठानबाट १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान


दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशङ्कर लाल दासको नेतृत्वमा सञ्चालित मध्यपुरथिमि नगरपालिका–१ स्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा करिब २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ।

विश्व अपाङ्ग दिवसको अवसरमा आज आयोजित १३ औँ वार्षिकोत्सव कार्यक्रममा प्रतिष्ठानले यस अवधिमा प्रदान गरेका सेवाका बारेमा जानकारी सार्वजनिक गरिएको थियो।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए अनुसार, प्रतिष्ठानले आँखा मात्र नभई नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ उपचार सेवा पनि प्रदान गर्दै आएको छ। उनले बागमती प्रदेश सरकारले प्रतिष्ठानका लागि रु ६० लाख पठाएको जानकारी दिँदै, नगरपालिकाले उक्त रकम निकासा गर्ने बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष डा. दासले भने, “अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजारसम्म नागरिकलाई आँखा, नाक, कान र घाँटीको उपचार सेवा प्रदान गर्दै आएको छ। आर्थिक रूपमा कमजोर रहेका नेत्रहीन तथा सुन नसक्ने बालबालिकालाई निःशुल्क उपचारका साथै शिक्षा र परामर्श सेवा पनि प्रदान गरिरहेको छ ।”

कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कार्यरत कर्मचारी सचिन श्रेष्ठसहितका उत्कृष्ट कर्मचारीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट