Techie IT
२०८२ चैत्र ३, मंगलबार

बजेट अभावले मोहन्याल अस्पताल भवन निर्माणमा ढिलाइ


कैलालीको विकट पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकामा निर्माण भइरहेकाे १० शय्याको अस्पताल भवन बजेट अभावका कारण अधुरै भएको छ।

गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले पर्याप्त बजेट नपठाउँदा निर्माण कार्य रोकिएको हो। निर्माण कम्पनीलाई करिब ३५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। हालसम्म भवनको भौतिक प्रगति करीब ७० प्रतिशत मात्र पुगेको उनले जानकारी दिए।

अस्पताल अभावमा स्थानीयवासीले सामान्य उपचारका लागि लम्की, धनगढी वा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ। प्रत्येक पालिकामा १० शय्याको अस्पताल स्थापना गर्ने सरकारी कार्यक्रमअनुसार भवन निर्माण सुरु गरिएको थियो।

यस्तै, लम्कीचुहा नगरपालिका - १० स्थित चुहामा निर्माणाधीन ५० शय्याको सामुदायिक अस्पताल भवन पनि भुक्तानी अभावकै कारण अलपत्र छ। निर्माण कम्पनीले रकम नपाएपछि काम रोकिएको र दुई वर्षदेखि रोकिएको निर्माण पुनः सुरू गर्न सम्बन्धित निकायहरू सक्रिय नहुँदा स्थानीयवासी चिन्तित रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट