Techie IT
२०८२ फागुन २४, आइतबार

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल


स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बोर्डको नेतृत्व रिक्त नराख्ने उद्देश्यले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो।

“बिमा बोर्डजस्तो महत्वपूर्ण निकायमा प्रमुख पद खाली राख्न मिल्दैन। त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो,” प्रवक्ता डा. बुढाथोकीले भने।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए।

निमित्त कार्यकारी निर्देशक नियुक्त भएका डा. पौडेल यसअघि मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख थिए। मन्त्रालयका अनुसार उनी अब बोर्ड र नीति, योजना तथा अनुगमन महाशाखा दुवैको जिम्मेवारी सम्हाल्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट