६ महिनापछि क्यान्सरमुक्त भइन् गायक शर्माकी श्रीमती
गायक हेमन्त शर्माले क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्नी श्रीमती रितु शर्मा ६ महिनाको उपचारपछि स्तन क्यान्सरमुक्त भएको जानकारी दिएका हुन्।
उनका अनुसार गत भदौको तेस्रो सातादेखि सुरु भएको उपचार प्रक्रियामा ८ पटक किमोथेरापी, डबल मास्टेक्टोमी शल्यक्रिया र १५ पटक रेडिएसन सेसन गरिएको थियो।
ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचारपछि श्रीमती पूर्ण रूपमा क्यान्सरमुक्त भएको उनले उल्लेख गर्दै क्यान्सर उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता नरहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस