Techie IT
२०८२ चैत्र २७, शुक्रबार

त्रिभुवन विमानस्थलमा ‘AED’ जडान : मुटुको धड्कन बन्द भए तुरुन्तै उद्धार गरिने


दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने आपतकालीन अवस्थाको तत्काल उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ (AED) मेसिन जडान गरेको छ।

आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यसहित हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा आज अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा उक्त मेसिन स्थापना गरेको हो।

मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिई पुनः सञ्चालनमा ल्याउन प्रयोग गरिने उपकरणलाई ‘AED’ भनिन्छ। हाप्सा नेपालका संस्थापक डा. रामु खरेलका अनुसार यस्तो अवस्था विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो। उनले यस्ता आपतकालीन अवस्थामा अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर मार्फत तत्काल प्राथमिक उपचार सम्भव हुने भएकाले विमानस्थलमा यसको जडान गरिएको बताए।

हाप्सा नेपालका अनुसार उक्त मेसिन तालिमप्राप्त व्यक्तिमात्र नभई सामान्य नागरिकले पनि प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ। मेसिनमा स्पष्ट निर्देशनका साथै ‘QR कोड’ समावेश गरिएको छ, जसमार्फत प्रयोग विधि भिडियो हेरेर तुरुन्त सिक्न सकिन्छ।

हाप्सा नेपालले हालसम्म सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी अधिकृत तथा जवानलाई ‘सीपीआर’ (CPR) तालिम प्रदान गरिसकेको छ। साथै, विद्यालय तहमा पनि आकस्मिक उपचारसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ भने शिक्षा मन्त्रालयको पाठ्यक्रममा यस्ता कार्यक्रम समावेश गराउने पहलसमेत भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट