Techie IT
२०८३ असार १, सोमबार

क्यान्सर अस्पतालको अध्यक्षमा अब खुला प्रतिस्पर्धा हुने, आवेदन आह्वान


चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गरिने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो। 

मन्त्रालयले अस्पताल ऐन, २०५३ को दफा ७(१)(क) अनुसार योग्यता निर्धारण गरेको छ। जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगसम्बन्धी क्षेत्रमा न्यूनतम १५ वर्ष अनुभव हुनुपर्नेछ। वैकल्पिक रूपमा, स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएका वरिष्ठ चिकित्सकहरू पनि योग्य मानिनेछन्।

अध्यक्ष पदको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ। यसअघि २०७९ चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले डा. विजयराज न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।

अस्पतालको इतिहासमै पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको मन्त्रालयले जनाएको छ, जसलाई पारदर्शिता र प्रतिस्पर्धात्मक प्रणालीतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट