स्वदेशमै लेन्स उत्पादन बढाउन सरकारको ठुलो कदम, बजेटमार्फत कर छुटको घोषणा
सरकारले आँखा उपचार सेवाको विस्तार र स्वदेशमै लेन्स उत्पादनलाई प्रोत्साहन गर्न तिलगंगा आँखा अस्पताललाई कर छुट दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउने नीति अनुरूप यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो। सरकारको यस कदमबाट स्वदेशमै सस्तो र गुणस्तरीय लेन्स उत्पादन भई विपन्न नागरिकको आँखा उपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस