Techie IT
२०८३ असार २१, आइतबार

डोल्पा बाढी अपडेट: गम्भीर घाइते रेउली विकको सेनाको हेलिकप्टरबाट उद्धार


आज आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका—५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते भएकी ४४ वर्षीया रेउली विकलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ।

गैरीगाउँ खोलामा आएको बाढीले गम्भीर घाइते भएकी विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार, गृह मन्त्रालयको विशेष समन्वयमा घाइते विकलाई आपत्कालीन रूपमा सुर्खेत पठाइएको हो।

आइतबार बिहान करिब १ बजेतिर स्थानीयवासी सुतिरहेकै अवस्थामा गैरीगाउँ खोलामा आएको आकस्मिक बाढी बस्तीमा पसेको थियो। बाढीका कारण घर भत्किँदा एक जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने अन्य चार जना घाइते भएका थिए। घाइतेमध्ये विकको अवस्था गम्भीर रहेकाले तत्काल हेलिकप्टरमार्फत एयरलिफ्ट गरिएको प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट