Techie IT
२०८२ असार ३१, मंगलबार

माडीमा रेबिजको सङ्क्रमण बढ्दो


चितवन । यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।

नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उनले भने, “माडी नगरपालिका सधैँ रेबिजको जोखिममा छ ।” 

रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उहाँले बताउनुभयो । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।

रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताए । उनले भनेे, “यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन ।” रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ ।

चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उनले बताए । उनले भने, “रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती  छ ।” हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट