Techie IT
२०८३ असार २२, सोमबार

उमेदवारी खारेजीविरुद्ध रेशम पुगे सर्वोच्च अदालत


नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गरेका थिए। तर बिहीबार (माघ ८) निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय बदर गरी उम्मेदवारी कायम गर्न माग गर्दै उनले शुक्रबार (माघ ९) सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले चौधरीको मनोनयनपत्र कायम रहन नसक्ने आधार प्रस्तुत गर्दै उम्मेदवारी खारेज गरेको जनाएको छ।

टीकापुर घटनामा चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। यही आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार उनी अयोग्य ठहरिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो।

चौधरीको रिटमाथि आइतबार (माघ ११) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट