Techie IT
२०८२ भाद्र १५, आइतबार

राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी - प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् ।

शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीसँग भेटेर द्विपक्षीय वार्ता गर्न पाउनु खुशीको कुरा भएको बताए ।

उनका अनुसार, भेटमा दुई देशबीचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको छ । साथै, द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउन सहमति भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफूलाई शाङ्घाई सहयोग सङ्गठन (SCO) शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीप्रति आभार व्यक्त गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट