इन्टरपोलको रेड नोटिसमा रहेकी फरार महिला युएईबाट पक्राउ

ठगी मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेकी फरार प्रतिवादी सरिता घर्ती मगर युनाइटेड अरब इमिरेट्स (युएई) मा पक्राउ परेकी छिन्। रूपन्देही बुटवल उपमहानगरपालिका–१ की घर्तीलाई आइतबार नेपाल ल्याइिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार, फरार रहेकी उनलाई पक्राउ गरी नेपाल पठाउन एनसिबी काठमाडौंको अनुरोधमा सन् २०२४ जनवरी १५ (२०७८ माघ १) मा इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी गरिएको थियो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा बुझाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस