Techie IT
२०८२ भाद्र १७, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा रुसी राष्ट्रपति पुटिनसमक्ष सिधा हवाई उडानको प्रस्ताव


प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नेपाल–रुसबीच सिधा हवाई उडान सञ्चालनको प्रस्ताव राखेका छन्।

सोमबार साँझ तियान्जिनस्थित मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पेस गरेका हुन्।

प्रधानमन्त्रीसँगै रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन विभिन्न विषयमा छलफल भएको छ। “रुस–नेपाल हवाई उडान सिधै सञ्चालन गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ। साथै दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्ने सहमति पनि भएको छ,” ती अधिकारीले जानकारी दिए।

भेटमा रुसमा अध्ययनरत नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्ति अझै बढाउने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।

ओली र पुटिनबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने त्यसपछि सरकारी टोलीसहित करिब पौने घण्टा छलफल चलेको थियो।

प्रधानमन्त्री ओली शनिबारदेखि चीनमा चलिरहेको शाङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट