Techie IT
२०८२ माघ ६, मंगलबार

दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने नयाँ व्यवस्था लागू


दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० को तेस्रो संशोधनलाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको नेपाली राजदूतावास, सोलले जनाएको छ।

दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार, कार्यविधिको दफा ४ मा उल्लेख भएअनुसार विशेष योग्यता पूरा गरेका इजाजतपत्र प्राप्त संस्थाले ई–७ भिसा प्रणाली अन्तर्गत (मौसमी कामदारबाहेक कार्यविधिको अनुसूची–१ मा उल्लिखित) पेशामा नेपाली श्रमिक पठाउन सक्नेछन्।

त्यस्तै, कार्यविधिको परिच्छेद २ मा उल्लेखित “विशेष योग्यता” पूरा गरेका संस्थाले दफा ५(क) मा उल्लेखित आवश्यक कागजात संलग्न गरी मागपत्र राजदूतावासमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कागजात अपूर्ण भएमा मागपत्र प्रमाणीकरण नहुने दूतावासले प्रष्ट पारेको छ।

रीतपूर्वक आएको मागपत्र प्रमाणीकरणका निवेदनहरू सम्बन्धित अधिकारीले यकिन गरी सिफारिससहित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विभागमा पठाइने र सोको जानकारी रोजगारदातालाई गराइने पनि कार्यविधिमा व्यवस्था गरिएको दूतावासले जनाएको छ।

रोजगारीसम्बन्धी सम्पूर्ण प्रक्रिया ईपीएस प्रणालीमार्फत मात्र हुने भएकाले कुनै पनि व्यक्तिबाट आर्थिक कारोबार नगर्न दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट