Techie IT
२०८२ मंसिर २५, बिहीबार

दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै


दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूका अनुसार जनसङ्ख्या संरचनामा आएको परिवर्तन र काम गर्ने उमेर समूहमा बढेकाले रोजगारी वृद्धिलाई टेवा दिएको छ। यसले देशको आर्थिक स्थिरता र वृद्ध उमेरका नागरिकको श्रम बजारमा सक्रिय सहभागिता दुवैलाई संकेत गरेको छ ।

१५ वर्षभन्दा माथिको कुल रोजगार वर्षैपिच्छे ०.८ प्रतिशतले बढेर २ करोड ९० लाख ४६ हजार पुगेको छ। यसमध्ये ६० वर्षभन्दा माथिका व्यक्तिहरूको रोजगारी मात्रै ३ लाख ३३ हजारले बढेको छ। तर १५–२९ वर्ष उमेर समूहमा १ लाख ७७ हजार र ४०–४९ वर्ष उमेर समूहमा ९ हजारले रोजगारी घटेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा सबैभन्दा धेरै, २ लाख ८१ हजार रोजगारी थपिएको छ। त्यस्तै व्यवसाय व्यवस्थापनमा ६३ हजार, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा ६१ हजार र निर्माण तथा उत्पादन क्षेत्रमा १ लाख ३१ हजार रोजगारी वृद्धि भएको छ।

नियमित र अनियमित कर्मचारी संख्या बढेपनि दैनिक मजदुर र एकल व्यवसाय (स्व–रोजगार) गर्नेको संख्या घटेको देखिन्छ। १५ वर्षभन्दा माथिको रोजगार दर ०.२ प्रतिशत बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५–६४ वर्ष समूहको रोजगार दर ७०.२ प्रतिशतमा पुगेको छ।

बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार व्यक्तिको संख्या ५ हजारले बढेर ६ लाख ६१ हजार पुगेको छ। आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या पनि केही घटेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट